सुर्खेत : बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आज परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै परिवारले लामो समय शव नबुझ्दा घटना अझै संवेदनशील बनेको थियो।
पारिवारिक स्रोतका अनुसार शव बुझिएपछि आजै भेरी नदी किनारमा दाहसंस्कार गरिने तयारी गरिएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै नाबालकलाई जिल्ला अदालत सुर्खेतले पुपर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ।
गुर्भाकोट–६ बडाखोलीकी इनिशा वीरेन्द्रनगर–१ मा परिवारसँग बस्दै आएकी थिइन्। उनी कक्षा ११ मा अध्ययनरत थिइन्। फागुन २३ गते ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा केही घण्टापछि वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्।











