आजबाट एसईई सुरु

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको हो। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ। परीक्षा तालिकाअनुसार चैत २९ गते परीक्षा सकिने छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार यो वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र आंशिकतर्फ ७ हजार ८ सय ५५ परीक्षार्थी रहेका उनले जनाएकी छन्।

त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३ सय १२ र आंशिकमा २ सय ६४ गरी १६ हजार ५ सय ७६ जना परीक्षार्थी रहेका मरासिनीले बताइन्।

यो वर्ष नयाँ अभ्यासको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार १ महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्