ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : जिल्लाको देवघाट गाउँपालिका–४, काफलडाँडा भित्री सडक खण्डमा आज भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यू भएको छ भने चालक घाइते भएका छन् ।

नारायणघाटबाट सिङतानतर्फ जाँदै गरेको ग १ त १५२३ नं.को ट्याक्टर सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा देवघाट १ का बालक शिव बहादुर गुरुडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्