ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे नेपाली कांग्रेस मौन रहेको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउबारे भावी रणनीति तय गर्न सचिवालयको आकस्मिक बैठक रा नीखिरहँदा कांग्रेस भने नेता लेखकको विषयमा मौन देखिएको छ । कांग्रेसले अहिलेसम्म यस विषयलाई लिएर छलफल तथा औपचारिक बैठक डाकेको छैन ।

कांग्रेसले आज आफ्ना नवनिर्वाचित सांसदहरुका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमपछि पक्राउको घटनामा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो बसेको बालेन शाह नेतृत्वको नवगठित सरकारले गत भदौमा भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ओली र लेखक पक्राउ परेका हुन् । जेनजी आन्दोलनका बेला मुलुकको प्रधानमन्त्रीमा ओली र लेखक गृहमन्त्री थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्