बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्योः कमल थापा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तार प्रति राप्रपा नेता कमल थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमाार्फत् थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरे । अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना, आपसी मिलाप र एकता पहिलो सर्ता भएको बताएका छन् ।

थापाले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्