दमौली: तनहुँ समाज हङकङले मृगौला पीडित र फोक्सोको क्यान्सर भएकालाई सोमबार ४ लाख ५२ हजार ५ ०० आर्थिक सहयोग गरेको छ। ऋषिङ गाउँपालिका -६ निवासी दुवै मृगौला पीडित ३५ वर्षीय कुमारी आले र म्याग्दे गाउँपालिका-५ निवासी फोक्सो क्यान्सर पीडित प्रेम बहादुर थापालाई जनही २ लाख २६ हजार २५० का दरले रकम प्रदान गरिएको हो।
समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले संयुक्त रूपमा उक्त रकम बिरामीलाई हस्तान्तरण गरेका हुन्। तनहुँ मूलघर भइ हाल हङकङमा बसोबास गर्दै आएका तनहुँबासीले सङ्कलन गरी जम्मा भएको रकम दीर्घरोगी बिरामीलाई सहयोग गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए।
उनका अनुसार हालसम्म जिल्लाकस २७ जना यस्ता दीर्घरोगीका बिरामीलाई आर्थिक संकलन गरी सहयोग गरिसकिएको छ। समाजले सन १९९९ बाट तनहुँमा स्वास्थ्य,शिक्षा र खानेपानी जस्ता क्षेत्रमा आर्थिक सहयोग गरेको थियो।











