माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

रोल्पा: रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका-७  खाक्सिवन की निर्मला बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित माटो लिन घरनजिकैको डाँडामा गएकी थिइन्।

माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको खबर प्रहरीले प्राप्त गरेपछि ७ जनाको टोली घटनास्थल पुगेको थियो।

माटो पन्छाएर निकाल्दा निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।

घटनामा खास्कीवनकै २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीय पार्वती पुन घाइते भएका छन्।

उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ। बाँकी तीन जनालाई भने केही नभएको प्रहरीले जनाएको छ।  साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्