काठमाडौं : देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा खवरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।
घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरुले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषणविरुद्ध एक हौं’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।











