साउदीको ठूलो तेल रिफाइनरीमा भीषण ड्रोन हमला, उत्पादन केन्द्र ठप्प

दमौली न्युज
  • ख-
  • ख+

रियाद : मध्यपूर्वमा जारी युद्धको राप विश्वकै ठूलो तेल निर्यातक मुलुक साउदी अरबको ऊर्जा क्षेत्रमा प्रत्यक्ष ठोक्किन पुगेको छ । साउदी अरबको पूर्वी सहर रास तनुरास्थित रणनीतिक रूपमा महत्वपूर्ण मानिएको प्रमुख तेल प्रशोधन केन्द्रमा भीषण ड्रोन आक्रमण भएको हो।

बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरहरूमा उक्त प्रशोधन केन्द्रको मध्य भागमा ठूलो क्षति पुगेको देखिएको छ। भान्टरद्वारा खिचिएका ती तस्बिरहरूमा कुलिङ टावर र तेल भण्डारण इकाइहरू जोड्ने पाइपलाइन सञ्जाल वरपर आगो लागेको र डढेको स्पष्ट देखिन्छ। तस्बिरमा आगो निभाउन प्रयोग गरिएको सेतो रङ्गको अग्निनियन्त्रक रसायन वा पानी छर्किएको दृश्यले आक्रमणको भएको कुरालाई पुष्टि गर्छ । 

साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोले उक्त आक्रमणपछि सुरक्षा र प्राविधिक कारणले प्रशोधन केन्द्रलाई अस्थायी रूपमा पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। यो केन्द्रले दैनिक ५ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्ने क्षमता राख्छ। जहाँबाट एकै पटक चारवटा ठूला ट्याङ्करमा तेल भर्ने गरिन्छ। यो केन्द्र बन्द हुँदा विश्व बजारमा तेलको आपूर्ति श्रृङ्खला नराम्ररी प्रभावित हुने देखिएको छ। अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी