दमौली : नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा तनहुँ क्षेत्र नं. १ कि उमेदवार भगवती न्यौपानेले दमौलीमा घरदैलो अभियान गरिन् । यसै क्रममा आज दमौलीको व्यास नगरपालिका – २ र ३ अन्तर्गत विभिन्न टोल वस्ती,पसल लगाएत घरदैलो अभियानमा उनले सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दै मत मागिन् ।
महिला उम्मेदवार भएकाले उनले अभियानका क्रममा महिलाबाट विशेष समर्थन अपेक्षा गरेकी छन् । दमौलीको घरदैलोमा पनि उनको भाव त्यस्तै थियो ।
घरदैलो अभियानका क्रममा व्यास –३ कि सुकुमाया वि.क.ले महिला उम्मेदवार पाएकोमा खुसी भएको बताईन् । उनले भनिन् ‘हामी धेरै उत्साहित छौ।’ घरदैलोमा केही महिलाले आफ्नो प्रतिनिधिका रूपमा देखेर समर्थन पनि जनाए । तर, के अन्य दलमा आस्थावान महिलाले पनि उनलाई मत देलान् ?
यहि फागुन २१ म हुन गहिरहेको प्रतिनिधि सभाको चुनावमा तनहुँ क्षेत्र न १ मा नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, नेपाल कम्युनिष्ट पार्टि तथा राप्रपाका उम्मेदवार मुख्य प्रतिस्पर्धीको रुपमा मैदानमा छन् ।











