कांग्रेस महामन्त्री पौडेललाई वरिष्ठ कलाकार शाहले भने -अल द बेष्ट

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५  का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जीतको शुभकामना दिएका छन् । बुढानिलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई जीतको शुभकामना दिएका हुन् । भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै अल द बेस्ट भनेका थिए ।


महामन्त्री पौडेल काठमाडौं ५का विभिन्न क्षेत्रमा मतदातमाझ घरदैलोमा सक्रिय छन् । यस क्रममा बुधबार उनले बुढानिलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए ।


यसै गरी, बुढानिलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँलगायतका ठाउँमा घरदैलो गरेका थिए । त्यसक्रममा उनले विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदान तथा स्वास्थ्य मन्त्रीका रुपमा अघि बढाएका सुधारका काम सकारात्मक भएको भन्दै मतदाताले जितका लागि शुभकामना दिए ।


उम्मेदवार पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोर लगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताए ।

उनले आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमान्दारिताका साथ लागि पर्ने प्रतिबद्धता उनले जनाएका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्