दीपकराज जोशीको कोणसभा सहित चुनाव प्रचार अभियान तिव्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार दीपक राज जोशीले व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न स्थानमा चुनावी प्रचार तिव्र पारेका छन्। उनले मतदातिहरु संग कोण सभा सहित आफ्नो चुनावी अभियान सम्पन्न गरेका हुन्।

कोण सभामा जोशीले रित्तिएका गाउँलाई फेरि हराभरा बनाउने र बन्द भएका स्कूलहरूलाई पुनर्जीवित गर्ने विषयमा आफ्नो योजनाबारे जनता सामु प्रतिवद्धता व्यक्त गरे। उनले सबैले पहिला आफ्नो जन्मेको गाउँ र आफूले पढेको स्कूल जोगाउनु पर्ने कुरामा जोड दिए। त्यसपछि मात्र गणतन्त्र र अन्य राज्यका संरचनाहरूलाई बचाउने विषयमा सोच्ने बेला आएको उनले बताए।

चुनावी कोणसभालाई सम्बोधन गर्दै आफुले योग्यता अनुसारको काम पाएको भए राजनीतिमा नआउन जनाए “मैले आफ्नो योग्यता अनुसारको काम पाएको भए, सायद राजनीतिमा आउने निर्णय गर्दिनथें होला। सक्षम हुँदाहुँदै पनि विभिन्न कारणले अवसरबाट वञ्चित हुनुपरेको अनुभवले नै मलाई यो बाटो रोज्न बाध्य बनायो”। उनले भने “जब नेपाल दूरसञ्चार प्राधिकरण (NTA) मा नियुक्तिका लागि १४ करोड मागिएको कुरा आयो, तब मैले बुझें—समस्या मेरो योग्यता होइन, प्रणाली नै गलत भएको बताए।

संसारको कुनै पनि देश पूर्ण रूपमा शून्य बेरोजगार छैन। त्यसैले “शून्य बेरोजगारी” वा “१०० अर्ब डलरको अर्थतन्त्र तुरुन्त बनाउँछु” भन्ने जस्ता नाराहरू यथार्थभन्दा बढी प्रलोभन हुन सक्ने बताउँदै जीवनका अनुभवले यति भने सिकाएको छ अवास्तविक सपना देखाएर जनतालाई भ्रममा राख्नु समाधान नभएको जिकिर गरे ।

हाम्रो शास्त्रले पनि भन्छ—झूटो बोल्नु हुँदैन, र प्रलोभन देखाउनु हुँदैन। राजनीतिमा सत्य, यथार्थ र इमान्दार प्रतिबद्धता आवश्यक भएको बताए ।
आगामी दिनहरूमा समुदायको विकास, शिक्षा र स्थानीय पूर्वाधार सुधारका लागि आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउँदै जाने दावी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी