रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा गर्न लागेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ। यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको रास्वपाले जनाएको छ । 

उक्त सभालाई पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने भनिएको थियो। तर विशेष कारणले हालका लागि स्थगित गरिएको हो । 

‘प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही मिति २०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराउँदछु’, उपसभापति डोल प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

साथै यसअघि शनिबार भैरहवामा गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिएको जानकारी रास्वपाले दिएकाे छ । बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी