सहिद, बेपत्ता घाइतेलाई जिल्ला प्रशासन कार्यालयले सम्मान गर्दै

दमौली न्युज
  • ख-
  • ख+

दमौली:  जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न आन्दोलनका सहिद तथा बेपत्ता व्यक्तिका परिवार र जेनजी आन्दोलनका घाइतेलाई सम्मान गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा फागुन ५ गते बसेको जिल्ला स्तरीय तयारी बैठकको निर्णयअनुसार सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

उनका अनुसार विभिन्न लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद, बेपत्ता भएका व्यक्तिका परिवार तथा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई कार्यक्रममा सम्मान गरिने छ । तनहुँ जिल्लाभित्र स्थायी बसोवास भएका सहिद तथा बेपत्ता परिवार र घाइतेहरूले आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । 

सम्मान ग्रहण गर्न इच्छुक व्यक्तिले फागुन ७ गते साँझ ६ः०० बजेसम्म कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण अद्यावधिक गराउनुपर्ने सूचनामा उल्लेख छ । छनोट भएकाहरूको नाम बिहीबार साँझ सार्वजानिक गरिने र शुक्रबार सम्मान गरिने प्रजिअ तिवारीले जानकारी दिए ।  प्रजिअ तिवारीले लोकतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने सहिद, बेपत्ता र घाइतेहरूको सम्मान राज्यको दायित्व भएको उल्लेख गर्दै सम्बन्धित सबैमा सूचनाको जानकारी गराइदिन आग्रह गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्