देव गजमेर
दमौली: पण्डित तिलक विश्वकर्माद्वारा लेखिएको “श्रीमद्भागवत विश्वकर्मा महापुराण” पुस्तक सार्वजनिक भएको छ । व्यास -३ देउराली नगर पुल्चोक टोलका पण्डित विश्वकर्माले ‘श्रीमद्भागवत विश्वकर्मा महापुराण’ नामक पुस्तक सार्वजनिक गरेका हुन् ।
परम् प्रमात्मामा प्रभु भगवान विश्वकर्माको सचरित्र विश्व जीवन प्रति माया गरेर रचिएको भगवान विश्वकर्माको लिलाहरू ४ वेद र १८ पुराणमा जे जस्तो लेखिएको छ जस्ताको त्यस्तै उतारेर “श्रीमद्भागवत विश्वकर्मा महापुराण “पुस्तक तयार पारिएको छ । एकै ठाउँमा धेरै कुरा लेखिएको नहुनाले पनि प्रत्येक एक श्लोक दुई श्लोकबाट टिपनटापन गरेर पुस्तक तयार पारिएको पण्डित तिलक विश्वकर्माले बताए।
विश्कर्मा भएर पनि विश्वकर्मा भगवानलाई नचिनेको र चिन्न जान्नको लागि धेरै खोजी गरेको बताउँदै पण्डित विश्वकर्माले प्रमात्मा भगवान विश्वकर्माको महापुराण मगाएर त्यसमा संस्कृति र हिन्दीमा लेखिएको रहेछ, नेपालीमा उल्था गरेर लेखेको पुराणै बनेको रहेन छ ,उनले धेरै ठाउँमा खोज्दा पनि नेपालीमा उल्था गरिएको श्रीमद्भागवत विश्वकर्मा महापुराण पुस्तक पाउन नसके पछि नेपालीमा उल्था गरेर विशेष गरी विश्वकर्मा समुदायको लागि यो श्रीमद्भागवत विश्वकर्मा महापुराण विश्वकर्मा जनसमुदायमा ल्याएको बताए।
लेखक विश्वकर्माले यो पुस्तक आफूले सरल भाषामा उल्था गरेको उल्लेख गरे। कर्मकाण्डको ज्ञान मार्फत विश्वकर्मा भगवानलाई दर्शन गराईदिने बालापनको गुरू चोलाकान्ता उपाध्याय, व्यास पुजा भण्डारका गुरू कृष्ण काफ्ले गुरु र व्यास पुजा भण्डारका अर्जुन गुरू,कृष्ण शरण गुरूहरुको सहयोगले पुस्तक तयार पार्न सकेको बताउँदै, शिक्षा दिने गुरुप्रति र पुस्तक छाप्न सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्दै दलित समुदायले मात्र नभई सम्पूर्ण समुदायले “श्रीमद्भागवत विश्वकर्मा महापुराण” पुस्तक अध्ययन गरीदिन पनि अनुरोध गरे ।
धर्म, दर्शन तथा सनातन संस्कृतिको गहिरो अध्ययन र दीर्घ साधनाबाट रचित यस कृति “श्रीमद्भागवत विश्वकर्मा महापुराण” वर्तमान समाजका लागि एक अमूल्य आध्यात्मिक निधिका रूपमा स्थापित हुने छ भन्ने विश्वास लिईको छ। पण्डित तिलक विश्वकर्माको अथक परिश्रम, साधना तथा शास्त्रीय ज्ञानको प्रतिफलस्वरूप यस कृतिले धर्मप्रेमी, विद्वान वर्ग तथा भावी पुस्तालाई नैतिकता, सदाचार र आध्यात्मिक चेतनाको मार्गदर्शन तथा सामाजिक न्यायको स्थापना प्रदान गर्ने विश्वास लिइएको छ । यस ऐतिहासिक कृतिको प्रकाशनले सनातन धर्म, संस्कृति तथा पौराणिक ज्ञानको संरक्षण र संवर्धनमा महत्वपूर्ण योगदान पुऱ्याउने आसा गरीएको छ ।











