७२ वर्षकी मंगली भुजेलले पाईन नागरिकता

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका – ४ लाहीपाखाकी मंगली भुजेलले ७२ वर्षको उमेरमा नागरिकता पाएकी छन् । उनले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएकी हुन् ।

भुजेललाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी , बन्दिपुर गाउँ पालिकाका अध्यक्ष एवं उनकाे संरक्षक सुरेन्द्र बहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी , बन्दिपुर ४ का अध्यक्ष दानबहादुर थापा, प्रशासकीय अधिकृत सृजना रेग्मी , बिकास श्रेष्ठ , वडा नं ४ का सम्पूर्ण कर्मचारी र अम्बिका अधिकारी लगाएतको रोहवरमा नागरिकता हस्तान्तरण गरिएको थियो।

बुढेसकालमा नागरिकता पाए पछि बल्ल नेपाली नागरिक भएको महसुस भएको भुजेलले बताएकी छिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्