तनहुँको विकासका लागि गोविन्द भट्टराईको योजना सार्वजनिक

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँ क्षेत्र नम्बर १ का चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आगामी पाँच वर्षका लागि जिल्लाको विकास र समृद्धिको एउटा विस्तृत ‘रोडम्याप’ सार्वजनिक गरेका छन् । सोमबार दमौलीमा आयोजित एक विशाल चुनावी सभाका बीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भट्टराईको यो महत्त्वाकांक्षी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

“५ पालिका, अबका ५ वर्ष, तनहुँका लागि” भन्ने मुख्य संकल्पका साथ सार्वजनिक गरिएको यस योजनामा जिल्लाको चौतर्फी विकासका लागि चारवटा मुख्य स्तम्भहरू तय गरिएको छ। भट्टराईले आफ्नो योजनामा सुशासन, समुन्नति र समृद्धिलाई ‘५ मिसन’का रूपमा अघि सारेको बताए उनले भने “सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा र डिजिटल तनहुँ निर्माणलाई आफ्नो मुख्य ‘५ दायित्व’ भित्र राखेको छु”।

विशेष गरी ठूला पूर्वाधार तर्फ मादी जलाशय, विश्वविद्यालय स्थापना र धार्मिक रिङरोड जस्ता ‘५ मेगा प्रोजेक्ट’ लाई प्राथमिकतामा राखिएको छ। यसका साथै, युवाहरूका लागि ‘युथ फर तनहुँ’, घर-घरमा खानेपानी, र वैज्ञानिक कृषिलाई आफ्नो ‘५ काम’ को सूचीमा राख्दै भट्टराईले जनताको जीवनस्तर बदल्ने बाचा गरेको बताए ।

कार्यक्रममा उपसभापति शर्माले यो केवल चुनावी घोषणा मात्र नभई तनहुँको भविष्य बदल्ने एउटा स्पष्ट मार्गचित्र भएको बताए। उम्मेदवार भट्टराईले आफूलाई निर्वाचित गराए यी सबै प्रतिबद्धताहरू अक्षरस: पालना गर्दै तनहुँलाई देशकै नमूना क्षेत्र बनाउने अठोट व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्