काङ्ग्रेस महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना ‘कांग्रेसबाट परिवर्तनको आशा जागेको छ’

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौः  पेशाकर्मी तथा बुद्धिजीवीहरुले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन् । उनीहरुले काङ्ग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए ।


उनीहरुले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री पौडेललाई धन्यवाद समेत दिए । उनीहरुले पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने विश्वास गरे । उनीहरुले यस कार्यका लागि नेतृत्व लिएको भन्दै काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पौडेललाई शुभकामना दिए । कार्यक्रममा पुर्व मन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए ।

पुर्व राजदुत शम्भुराम सिम्खडाले अहिले काङ्ग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ति महामन्त्री पौडेल भएको बताए ।


अर्थशास्त्री डा. पोषराज पाण्डेले काङ्ग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै  पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए ।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली काङ्ग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समुहद्वारा काठमाडौंमा आयोजित अन्तर्कृयामा बोल्दै उनले समाजमा योगदान दिने जोकोही आउन मिल्ने बनाइने बताए ।

नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको उनले बताए । उनले निरन्तरको दबाब यात्राका कारण ठूलो समस्या रगेको रिङ रोडको समस्या समाधान भएको भन्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न साथै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी