श्रीमद्भागवत महायज्ञको एक कार्यक्रमका विच उद्घाटन

दमौली न्युज
  • ख-
  • ख+

भानु: तनहुँको भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद्भागवत महायज्ञको आज शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

श्रीमद्भागवत महायज्ञ मुल आयोजक समिति वाह्विसे भैरवीमन्दिर को आयोजनामा भएको महायज्ञको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका हुन् । कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख, उमा गोतामे,भानुनगरपालिका वडा नम्बर, ४ का वडा अध्यक्ष अर्जुन बोहरा लगायतले महायज्ञको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महायज्ञ मूल समारोह समितिका संयोजक रामबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा छविलाल अधिकारीले स्वागत गरेका थिए । कार्यक्रमको औचित्य र आयोजनाको बारेमा महायज्ञका सहसयोजक एवं श्रीराम जान राम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले प्रकाश पारेका थिए ।

महायज्ञको प्रमुख वाचक देवघाटधाम स्थित रामजानकी बालिका आश्रमकी चर्चित भागवतवाचक उमामहेश्वरी रहेकी छन् । नवलपुर गैडाकोट स्थित कालिका विद्यापिठबाट शास्त्री तह उतिर्ण गरेकी उनले यस अघि देशका विभिन्न ठाउँमा भागवत वाचन गरिसकेकी छन् । उनले विविएस शिक्षा समेत उतिर्ण गरेकी छन् । उपवाचकमा भने आश्रमकै शास्त्री तहमा नै अध्यनरत सुनीता बटाला , तुलसा र वैण्णवी लोककल्याणी रहेका छन् ।

महायज्ञको उद्घाटन अगाडी कलश यात्रा समेत निकालिएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक नगेन्द्र थापाले बताए । संयोजक थापाका अनुसार महायज्ञ सम्पन्न गर्नका लागि १५१ मूल समारोह र ११ उपसमिती समेत गठन गरिएको छ । आदीकवि भानुभक्त को जन्मस्थान चुदी रम्घा कै सानिध्यमा गरिन लागिएको महायज्ञले स्थानीय सारहै उत्साहित हुनुभएके महायज्ञका मूलसमारोह समितिका उपसंयोजक रामेश्वर खनालले बताए । बालिकाहरुले वाचन गर्ने, यस महायज्ञले चुदी रम्घा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने , आध्यात्मिक जागरण टेवा पुग्ने उद्देश्य र विश्वास आयोजकले लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्