दीपक राज जोशीले घरदैलो कार्यक्रममा, नागरिक समस्याका बारेमा गरे छलफल

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ क्षेत्र नं. १ का उम्मेदवार दीपक राज जोशीले शुक्रबार विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम अन्तर्गत चर्च घर, कुकुरदुङ्गे, फच्याङ, केशबटार, रुम्सी, नयाँगाउँ, ठिन, हर्कपुर, कुलुङ र छाबदी लगायतका क्षेत्रका स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिका थिए।

घरदैलोका क्रममा स्थानीय नागरिकहरूले क्षेत्रका विकास, पूर्वाधार, रोजगारी, सेवा प्रवाह लगायतका समस्याहरूका बारेमा जानकारी लिएका थिए। साथै ती समस्याहरूको समाधानका सम्भावित उपायबारे खुल्ला छलफल समेत गरिएको थियो।

अन्तरक्रियाका क्रममा विगतमा निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षाअनुसार काम नगरेको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। जनताले अब आफ्नो दुःख–सुखमा साथ दिने, जवाफदेही र स्थानीय आवश्यकता प्रति संवेदनशील उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उम्मेदवार जोशीले स्थानीयवासीका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै जनताको विश्वासलाई विकास, सुशासन र जवाफ देहिता मार्फत व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी