तनहुँ १ का राष्ट्रबादी जनताले हलोमा भोट हालेर जिताउने छन् : अभिषेक जोशी

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः प्रतिनिधिसभा तनहुँ १ का उम्मेदवार रामदत्त जोशी (अभिषेक)ले तनहुँका राष्ट्रबादी जनताले आफ्नो एजेण्डा मन पराएर आफ्नो पार्टी र आफुलाई भोट दिएर जिताउने दावी गरेका छन् ।

सोमबार दमौलीमा गरिएको पत्रकार सम्मेलनमा सो कुराको दावी गरेका हुन् । उनले भनेका छन् “जनताले मेरो एजेण्डा मन पराएर भोट दिनु पर्छ भने भनी, कसैले रोक्न चाहेर पनि रोकिदैन” त्यसैले मेरो जित सुनिश्चित छ ।

आफ्नो क्षेत्रका मतदाताहरु संग प्रत्यक्ष भेटघाटका क्रममा मैले धेरै बुझ्ने मौका र बुझ्ने कोसिज गरेको छु, मतदाता झुक्याउन उम्मेदवारहरु मन्दिर मन्दिर धाएको पाए, मेरो क्षेत्र नं १का मतदाताहरुलाई हिन्दुत्वका माग आफ्नो रहेको बताए ।

उनले थप प्रसंगमा भनेका छन्,”राजसंस्था मागेर हैन भोट हालेर पाइन्छ, मैले मेरा मतदाता संग स्पस्ट भनेको छु । उनले मतदातालाई मिडिया मार्फत यस पटक धेरै सचेत भएर भोट दिन पनि आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्