लायन्स क्लब अफ दमौलीद्वारा रक्तदान कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : लायन्स क्लब अफ दमाैलीको आयोजनामा बृहत रक्तदान कार्यक्रम भब्यरुपमा व्यास-३ अनसन चाैतारामा सम्पन्न भएकाे छ । उक्त रक्तदान कार्यक्रममा प्रदेश अस्पताल दमाैलीका अध्यक्ष कमलामाेहन वाग्लेको प्रमुख आथित्यतामा र संस्थाका अध्यक्ष वसन्त जि.सिको सभापतित्वमा भएको थियो ।

सो रक्तदान कार्यक्रममा १५ थान भन्दा बढि रगत संकलन गरि दमाैली अस्पताललाई बुझाईएकाे लायन्स क्लवका सचिव मिन कुवारले जानकारी दिए। उनका अनुसार दमाैली अस्पतालमा रगत मात्रा अपुग भएकाे हुदाँ क्लबले कार्यक्रम गरि संकलन गरेकाे थियाे ।

उक्त कार्यक्रममा लायन्स लियाे गरि ६ वटा क्लब काे पनि सहभागिता भएको थियाे । क्लबकाे संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ राकु पुर्व अध्यक्ष वसन्त गिरी, निवर्तमान अध्यक्ष रनिल राेका लगाएत अन्य सदस्य ज्युहरुकाे उपस्थिति पनि रहेको थियाे । सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्