दमौली : स्कर्पियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–२ पसलेमा शनिबार स्कर्पियोले ठक्कर दिदाँ पैदलयात्री महिलाको मृत्यु भएको हो ।
दमौलीबाट पोखरातर्फ जादै गरेको ग २ च ९४९४ नंम्बरको स्कर्पियोको ठक्करबाट व्यास–२ बालमन्दिर निवासी ५२ बर्षकी जिवन माया बि.क.सख्त घाईते भएकी महिलाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए
प्रहरी नायव उपरीक्षक बिकका अनुसार “महिलाको अनुहार, पेटमा र दुबै हात खुट्टमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेकोमा उपचारको क्रममा प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेका थिए ।”











