काङ्ग्रेस उम्मेदवार गाेविन्द भट्टराईको घरदैलो अभियान

दमौली न्युज
  • ख-
  • ख+

दमौली: प्रतिनिधिसभा तनहुँ १का उम्मेदवार गोविन्द भट्टराईले घरदैलो अभियानलाई तीव्र पारेका छन्। चुनावको मिति नजिकिँदै गर्दा भट्टराईले स्थानीय बासिन्दाका समस्याहरू सुन्दै प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएका हुन्।

आगामी निर्वाचनको तयारीका क्रममा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले आफ्नो क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी मतदाताहरुको समस्याका विषयमा जानकारी लिदै आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत गर्दै आएका छन् ।

उनले तनहुँ १को पूर्वाधार विकास र सामाजिक मुद्दाहरूलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा सवै राजनीतिक दलहरूको निकै घरदैलो कार्यक्रम सक्रियताका साथ अगाडी बढेको देखिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्