दमौली : एकदेव आलेको ५७ औँ स्मृति दिवस मनाईएको छ सो अवसरमा क्रान्ति योद्धा कमरेड एकदेव आलेकोे शालिकको अनावरण पनि गरिएको हो । व्यास नगरपालिका–३, दमौली, तनहुँस्थित एकदेव आलेको भवन परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रथम मुख्यमन्त्री कमरेड पृथ्वी सुब्बा गुरुङले स्वर्गीय एकदेव आलेको शालिक अनावरण तथा माल्यार्पण गरी स्मृति दिवसको उद्घाटन गरेका थिए ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय आलेको योगदान बारे विभिन्न वक्ताहरूले चर्चा गर्नुभएको थियो। कार्यक्रममा एकदेव आलेका अनुयायी राजनीतिज्ञ तथा नेपाल सरकारका पूर्वमन्त्री एवं संविधानसभा सदस्य कमरेड एम.एस. थापा, गण्डकी प्रदेशसभा सदस्य कमरेड हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, एकदेवआले प्रतिष्ठान बुटवलका अध्यक्ष लोकनाथ भण्डारी, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी तनहुँका संयोजक सूर्यबहादुर गौली, मशालका नेता पुष्पलाल श्रेष्ठ, वाम बुद्धिजीवी शेषमणिआचार्य, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की तथा व्यास–३ का वडा सदस्य बिनु श्रेष्ठले मन्तव्य राख्नुभएको थियो।
सो अवसरमा एकदेव आलेका अनुयायी नेपाल सरकारका पूर्वमन्त्री एवं संविधानसभा सदस्य कमरेड एम.एस. थापा, पूर्वमन्त्री एवं संविधानसभा सदस्य कमरेड शिवलाल थापा तथा लेखनाथ नगरपालिका, कास्कीका पूर्व नगर प्रमुख आदरणीय शालिग्राम पौडेललाई अभिनन्दन सहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य यशोधा रिमाल, गण्डकी प्रदेशसभा पूर्व सदस्य तथा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रतिष्ठान बुटवलका पूर्व अध्यक्ष रामलाल काफ्ले, वाम बुद्धिजीवी तथा स्वतन्त्रतासेनानी अग्रज व्यक्तित्व विश्वबन्धु भण्डारी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्व्होलासोथार गाउँपालिका लमजुङका अध्यक्ष सूर्य प्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष मनुमाया श्रेष्ठको थियो भने सो कार्यक्रमको सहजिकरण सचिव नेत्र बहादुर रानाभाटले गरेका थिए भने धन्यवाद मन्तव्य सचिव माधवप्रसाद अधिकारीको रहेका थियो ।











