सुनचाँदी व्यवसायीको नवौं वार्षिक साधारण सभा सम्पन्न, व्यवसायी संरक्षणका लागि एकताको आवश्यकतामा जोड

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर
दमौली:
तनहुँ सुनचाँदी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य एवं सस्थापक अध्यक्ष मोहनकुमार बिकको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको उद्घाटन गर्दै बिकले अहिलेको अबस्थामा सम्पूर्ण व्यवसायीहरु एक भएर अघि बढ्नु पर्ने बताए ।

पहिला व्यवसायीहरु संगठित भएर बस्नुपर्छ,उनले भने “संगठित हुन नसके हामीले खोजेका हक र अधिकार प्राप्त गर्न सकिदैन् ।” कम्तीमा ५० लाखसम्म कारोवार गर्ने व्यवसायीले भ्याटमा दर्ता गर्न नपर्ने भएकाले निर्देशिका र कार्यविधि अध्ययन गर्न व्यवसायीलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले सुनचाँदी व्यवसाय धर्म र संस्कृतिसंग जोडिएको व्यवसाय भएकाले यसको संरक्षण र व्यवसाय विस्थापित हुनबाट जोगाउन लाग्नुपर्नेमा जोड  दिए।  गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतमले विलासिता २ प्रतिशत कर अव्यवहारिक हुनुका साथै स्रोत समस्याका कारण कर कसरी तिर्ने भन्ने समस्यामा व्यवसायी रहेको बताए ।

चोरीजन्य सुनको समस्याबाट सुनचाँदी व्यवसायीलाई छुटकारा दिने हो भने जिल्लामा हेल्पडेस्क स्थापना अनिवार्य भएको बताए ।  संघका जिल्ला अध्यक्ष हरि गहतराजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान सचिव केश बहादुर सुनार,केन्द्रीय सदस्यद्धय हेमलाल बिक,बिनोद कुमार बिकले शुभकामना मन्तव्य सहित कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

त्यसैगरी कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा,गण्डकी प्रदेश उपाध्यक्ष कृष्ण सुनार,तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल,तनहुँ प्रहरी प्रमुख टेकबहादुर कार्की,नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष राम सुनार,सुनचाँदी व्यवसायी संघ गोरखाका अध्यक्ष रेणु बराली,नवलपुरका अध्यक्ष राजु शाह शंकर, पर्वतका अध्यक्ष विनोद विक्रम पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्यमा व्यवसायी संरक्षणका लागि एकताको आवश्यकतामा जोड दिएका थिए।

कार्यक्रममा धन्यवाद सहित समापन संघका वरिष्ठ उपाध्यक्ष पदम बहादुर सुनार र कार्यक्रमको सहजीकरण संघका महासचिव पूर्ण बहादुर बिकले गरेका थिए। 

प्रहरी प्रमुख एसपी कार्की सहित उधोग वाणिज्य र ईकाईमा निर्वाचित पदाधिकारी सम्मानित

संघले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की,तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष इमकुमार मल्ल,बजार इकाई सभापति शेषराज श्रेष्ठसहित संघमा आवद्ध भई तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाईमा निर्वाचित भएका पदाधिकारीहरुलाई र
नवौं वार्षिक साधारण सभालाई आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्