दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही वडा निवासी बुद्धिबहादुर घर्तीको छोरी बर्ष १३ की कोइस्का घर्ती रहेकी छन् ।
घाइते बालिकाको प्रदेश अस्पताल दमौलीमा उपचारको लागि पठाइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए । कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भेन चालकले नियन्त्रण गुमाइ सडकबाट अन्दाजी २० मिटर तल खस्न जाँदा उक्त दुर्घटना चालकसहित दुई जना घाइते भएका थिए ।
घाइते हुनेमा म्याग्दे गाउँपालिका–४ निवासी बर्ष १५ की दिपसन घर्ती र वर्ष ३० का पिकअप भ्यानका चालक बसन्त घर्ती सामान्य घाइते भएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।











