छैठौं आदिवासी जनजाति महोत्सवमा शान्तिश्री परियारको प्रस्तुतीमा झुमे दर्शक

दमौली न्युज
  • ख-
  • ख+

दमौली: छैठौं आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन महोत्सवको आज एघारौँ दिन आईतबार पनि दर्शकहरुको उत्साहजनक बाक्लो भीड लागेको थियो । राष्ट्रिय ख्याति प्राप्त कलाकार शान्तिश्री परियारको प्रस्तुतिमा दर्शकहरुले स्वरमा स्वर मिलाउँदै नाचेर साथ दिएका थिए । 

महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्री परियारले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन् । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।भरिभराउ दर्शकका माझ शान्तिश्री परियारले आफ्ना चर्चित गीतले दर्शकको मन मात्र जितिनन् छैठौं आदिवासी जनजाति महोत्सवको माहोलनै रोमान्टिक बनाईन्।

शान्तिश्री परियारको ‘दमौली हिड माया मै संग रमाउली’ मानुङ कोटैमा नजर नलगाई लाली ओठैमा ‘भन्ने गितको भाका सँगै दर्शकले समेत गीत आएका थिए । शान्तिश्री परियारको प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । उनको सबै गीतमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिएका थिए । ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस २४ गते देखि माघ ५ गते सम्म छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सञ्चालन रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्