दमौली : नेपाल आईडलबाट उदायका गायक प्रताप दासले भरीपूर्ण मनोरञ्जन सहित दर्शनलाई छमछमी नचाएका छन् । छैठौं आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन महोत्सव २०८२ को आज नवौँ दिनका मुख्य आकर्षकका रुपमा रहेका गायक दासको प्रस्तुतिमा दर्शकहरुले भरीपूर्ण मनोरञ्जन लिएका थिए।
गायक दासले दर्शकलाई झुमाउदै आफ्नो प्रस्तुतिको रफतार बढाए संगै दर्शकहरूले पनि राम्रो साथ दिएका थिए ।
त्यस्सै स्थानीय कलाकार अनुराग थापा लगायत थुप्रै कलाकारहरुको प्रस्तुतीले शुक्रबार दर्शकहरुको ध्यान खिचेको थियो । यहि पुस २४ गते देखि माघ ५ गते सम्म महोत्सव सञ्चालन हुने छ।
छैठौं जनजाती महोत्सवलाई दर्शकको साथ
पुस २४ गते देखि सुरु भएको छैठौं आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन महोत्सव यति बेला दमौली स्थित खुल्ला मैदानमा जारी छ । महोत्सवको नवौं दिनसम्म आइपुग्दा दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवमा सोचे भन्दा बढी दर्शकको साथ मिलेको मुल समारोह समितिका संयोजक सनम तामाङ्गले जानकारी दिएका छन् ।











