नेकपा एमालेद्वारा मोटर मार्ग मर्मत तथा श्रम शिविर सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

शालिकराम गहतराज

भिमाद : नेकपा एमाले भिमाद वडा नं. ७ वडा कमिटीको आयोजनामा भिम भैरब मोटर मार्ग मर्मत सम्मार तथा श्रम शिविर सम्मपन्न भएको छ। भिमाद नगरपालिका वडा नं ७ वडा कमिटीका अध्यक्ष शालिकराम गहतराजको अध्यक्षतामा र नगर कमिटीका अध्यक्ष इमान थापा को प्रमुख आतिथ्यतामा जिर्ण बन्दै गएको भिम भैरब मोटर मार्ग मर्मत गरीएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथी थापाले भिमाद देखि स्याङजाको हरिनास सम्म सयौं सवारी साधन दैनिक गुड्ने र बाटो जिर्णा बन्दै जादा कसैको पनि ध्यान नपुगेको बताए। उनले भने “सर्वसाधरणले बाटो बिग्रियो भनेर गुनासो आएको र यस क्षेत्रका सर्वसाधरणको गुनासो लाई मध्य नजर गरेर नेकपा एमाले वडानं ७ कमिटीले उदाहरणीय काम गरेको छ ।

बैठकको निर्णय अनुरूप कदम बोटे, देउराली ,पोखरीछाप, ठाटी ठोक र हटिया सम्म बाटोमा खाल्टा खुल्टी भएर धेरै सवारी दुर्घटना भएको र हामी पनि दैनिक ओहोर दोहोर गर्न पर्ने भएकाले कसैको मुख ताक्न भन्दा आफ्नो गाउँ ठाउँ बनाउन आफुले पनि पसिना बगाउनु पर्छ जस्तो लागेर नितान्त पार्टीका साथीहरूको आपसी सहकमर्यमा बाटो मर्मत तथा श्रम शिविर सम्पन्न गरिएको कमिटीका अध्यक्ष शालिकराम गहतराजले वताए ।

उनका अनुसार बाटो मर्मत सम्मार तथा श्रम शिबिरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बिर बहादुर बस्याल ,लाल ब थापा नगर सचिबालय सदस्य अशोक शुन्दर श्रेष्ठ , नेपाल लोक तान्त्रिक मगर संघ केन्द्रीय सदस्य जिम राना, जिल्ला सल्लाकार शुकी नारायण श्रेष्ठ सहभागिता रहेको थियो ।

त्यस्तै नगर कमिटी सदस्य अमर थापा, नगर सल्लाहकार मोहन बहादुर श्रेष्ठ,वडा कमिटी सचिव स्याम कुमार श्रेष्ठ ,उप सचिव पदम थापा ,कृष्ण कुमारी कडेल,लेखा समिति संयोजक भबिलाल पराजुली, सल्लाहकार संयोजक तुल बहादुर थापा, वडा सदस्य रनजना परियार, पुर्व वडा सदस्य मधु मायम वि क साथै वडा कमिटी सदस्य, टोल कमिटी सदस्य सहित करिव ३०/४० जना श्रम शिविरमा सहभागिता भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी