व्यासका ३ सय १४ घरमा नयाँ छाना छाउन ५० हजार

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका तीन सय १४ कच्ची घरमा नयाँ छानो छाइने भएको छ । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिअन्र्तगत केन्द्रीय समितिबाट प्राप्त सहयोग सार्वजनिक सूचना प्रदान गरेर वितरण गरिने व्यास नगरपालिकाले जनाएको छ । छनौट भएका घरले प्रति घर ५० हजार रुपैयाँका दरले सहयोग पाउनेछन् ।


व्यास ५ र ६ का ९५ तथा बाँकी वडाका दुई सय १९ घरधुरीले यस्तो सुविधा पाउनेछन् । बुधबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले कार्यविधिअनुसार छनोटका लागि आगामी १६ गते सबै वडामा १० दिनको सूचना आह्वान गर्ने निर्णय गरेको छ ।


बैठकले व्यास नगरपालिकाको नगर प्रहरी नियमावली तथा सवारी साधन र यातायात व्यवस्थापन कार्यविधि २०७७ पारित गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले नगरपालिकाका बिमा गर्न बाँकी कर्मचारीको पनि बिमा गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्