दमौली : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा प्रदीप खनाल चयन हुनुभएको छ । शनिबार दमौलीमा सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खनालको अध्यक्षतामा आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा र उपाध्यक्षमा रामचन्द्र सापकोटालाई निर्वाचित गरेको छ । त्यसैगरी, महासंघको सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत अर्याल र सह–सचिवमा रमेश पौडेल चयन हुनुभएको छ । संस्थाको आर्थिक पारदर्शिताका लागि लेखा समिति संयोजकमा चुडामणि लुइटेल निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यहरूमा प्रतापसिंह अधिकारी, किशोर सापकोटा, टिकाराम अधिकारी, गोविन्द अधिकारी, रूपबहादुर के.सी., नवराज पौडेल, मिनबहादुर थापा, सुष्मा श्रेष्ठ, सुरेन्द्र पौडेल, शान्ती पाण्डे, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुषाल र रमेशप्रसाद भुर्तेल चयन हुनुभएको संचारकर्मी प्रतापसिँह अधिकारीले जानकारी दिनुभएकाे छ ।












