मिलिजुली भलिबलको उपाधी नवलपुर बुलिङ्गटार समुहलाई

दमौली न्युज
  • ख-
  • ख+

दमौली : मिलिजुली युवा क्लब, बन्दिपुर गाउँपालिका ६ खहरेटारले आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बुलिङ्गटार समूहले जितेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बुलिङ्गटार समूहले उपाधिसहित प्रथम पुरस्कार हात पारेको हो। विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको हो।

प्रतियोगितामा स्थानीय तथा बाहिरी गरी ३८ टिम सहभागी भएका थिए। दोस्रो स्थान मिलिजुली समूहले हासिल गरेको छ। दित्तिय टोलीले ७० हजार रुपैयाँ नगद पुरस्कार,प्रमाणपत्र र ट्रफी पाएको छ। तृतीय स्थान कोईदिम समूहले प्राप्त गरेको छ। कोईदिम समूहले ४० हजार रुपैयाँ पुरस्कार,प्रमाणपत्र र ट्रफी हात पारेको छ।
सान्त्वना पुरस्कार शुल्कागण्डकी नगरपालिका वडा नम्बर १० स्थित मान्द्रे समूहले प्राप्त गरेको छ।

प्रमुख अतिथि तथा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा येस्ता गाउँस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र सामाजिक सद्भाव मजबुत मनाउने र खेलाडीहरुलाई हौसला प्रदान गर्ने बताए। विशिष्ट अतिथि एवम् देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ्गले समुदायस्तर बाट खेल खेल्ने खेलाडी भविष्यको राष्ट्रिय खेलाडी हुन सक्ने बताउँदै हामीले खेलाडीको सम्मान गर्न र समुदाय स्तरमा येस्तै प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको बताए।

संयोजक सिद्ध बहादुर थापाले प्रतियोगिताले स्थानीय खेलकुद विकासमा सकारात्मक प्रभाव पारेको बताए।क्लबले आगामी वर्षहरूमा प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी