वार्षिकोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता

दमौली न्युज
  • ख-
  • ख+

दमौली: मिलिजुली युवा क्लब, बन्दिपुर ६, खहरेटार तनहुँले आठौं वार्षिकोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न संचार माध्यममा कार्यारत संचारकर्मीलाई सम्मान गरीएको हो।

उक्त क्लबले कार्यक्रमको प्रचार प्रसारमा योगदान पुर्‍याएको भन्दै उथलपुथल मिडिया प्रा लि का व्यवस्थापक सुशिल लामगादे बि.क.लाई शनिबार सम्मान गरेको थियो। क्लबको गतिविधि, कार्यक्रम र सामाजिक पहललाई सञ्चार माध्यम मार्फत निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको क्लबले जनाएको छ।

सम्मान पत्र क्लबका अध्यक्ष राम बहादुर गुरुङ,संयोजक सिद्ध बहादुर थापा र प्रमुख अतिथि तथा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र देवघाट गाउँपालिकाको उपाध्यक्ष भुवन सिंह गुरुङ्गको उपस्थितिमा प्रदान गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्