दमौलीः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलित नेता मोहन सुनार सहित ८ जनाको नाम तनहुँ क्षेत्र न १ बाट सिफारिस भएको छ ।
शनिबार सम्पन्न पार्टीको जिल्ला कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा दलित नेता मोहन सुनारको नाम सहित ८ जना नेताको नाम सिफारिस गरेको हो ।
नेकपा एमाले तनहुँ १ का लागि मोहन सुनार,भगवती न्यौपाने, पूर्णबहादुर गुरुङ, प्रतापलाल श्रेष्ठ, अनिल पाण्डे, प्रेम कुमार राना, शोभा गुरुङ, राम वहादुर गुरुङ सहितको नाम सिफारिस गरिएको नेकपा एमाले तनहुँका सचिव प्रदीप अघिकारीले जानकारी दिए ।












