लक डाउन खुला भएयता व्यासको आम्दानीः ४ करोड

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले लक डाउन खुला भएयता चार करोड एक लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले साउनदेखि असोज मसान्तसम्म तीन करोड १६ लाख आन्तरिक आम्दानी गरेको छ ।


नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार यस अवधिमा जग्गा रजिष्ट्रेशन दस्तुरवापत मालपोत कार्यालयबाट ८५ लाख रुपैयाँ प्राप्त भएको छ ।

व्यास नगर कार्यपालिका बैठकमा यससम्बन्धी जानकारी गराइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्