प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा ५ बाट एकल सिफारिस

दमौली न्युज
  • ख-
  • ख+

झापा : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।

शनिबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।

झापा–५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए । झापा ५ ओलीको गृहक्षेत्र हो । उनी २०७९ र २०७४को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । सभारः कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी