युवा अभियन्ता गफार र शेखद्वारा दमौलीका ३० भन्दा बढी सडक खाडलहरू पुरिए

दमौली न्युज
  • ख-
  • ख+

दमौली: भत्किएको र खाडल अबस्थामा रहेको दमौली आसपासका सडक पुरीएको छ । नयाँ वर्षको अवसरमा युवा अभियन्ता सुदिप गफार र युनुस् शेख मिलेर दमौलीका रोडमा रहेका विभिन्न खाडलहरू पुरीएको हो ।

दुर्घटना हुने सम्भावनालाई न्यूनीकरण गर्नका लागि ३० भन्दा बढी खाडलहरू पुरीएको युवा अभियान्ता सुदिप गफ्फारले जानकारी दिए। उनका अनुसार केही सहयोगी दाताहरु र आफुहरूकै खर्चमा बाटो मर्मत र खाल्डाखुल्डी पुर्न लागिएको बताए ।

दमौलीका कैयौं ठाउँका सडकमा परेका ठुलाठुला खाल्डाले दुर्घटना भई मानिसहरू घाइते हुने सम्भावना देखिएको हुँदा खाल्डाखुल्डी पुरीएका हुन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्