
नवलपरासी: नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश सभापतिहरूको बैठक नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका सभापति ध्रुवकुमार गहतराजकाे अध्यक्षतामा बसि सुनचाँदी व्यवसायीहरुका समस्याहरुमा व्यापक छलफल गरि ७ बुँदे बर्दघाट घाेषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । बैठकमा सरकारले माघ १ गते देखि लागु गर्ने भनिएको नगद काराेवारकाे सिमाले ब्यवसायीहरुलाई थप पिडा दिएको निष्कर्ष सहित ७ बुँदे घोषणापत्र सार्वजनिक गरीएको नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले जानकारी दिए । उनका अनुसार सुनको दरभाउ नै प्रतिताेला ३ लाख नजिकै पुग्दा २ ताेला सुन खरिद गर्न पनि राज्यले अड्काे थापेकाे छ। अब ब्यवसायीले कसरी काराेवार गर्ने भन्दै याे सिमा २० लाख पुर्याउन आग्रह गरिएको छ । सुनकाे मुल्य दैनिक आकासिदा नेपालीको भन्सार दरले उच्च रहेकोले झनै मुल्यमा बृद्धिहुने हुँदा भन्सार दर घटाई २ वा ४ प्रतिशत बनाउनु माग गरिएको छ।
त्यसैगरी बार्षिक काराेवार सिमा लाई २५ कराेड पुगेकाेलाई मात्रै ई बिलिङ गर्ने नीति बनाउन आग्रह गरिएको छ।हालसम्म पनि नेपाल सरकारले व्यवसाय संचालनकाे लागि कार्यबिधि निर्माण नगरेको अबस्था छ । २०८२ असार २६ गते सुनचाँदीका महासंघहरु र सरकारका विभिन्न निकायका प्रतिनिधिहरुकाे बैठकले पारित गरेका, आश्वसन दिएका सहमतिहरु सुनचाँदी गरगहना उत्पादन खरिद बिक्री निति निर्देशिका, सुनचाँदी ऐन, निर्माण गरि अब्यवाहरिक कानुनलाई सुधार र संसाेधन गरि ब्यवसायी र उपभोक्ता हितमा बनाउन आग्रह गरिएको छ। नेपालको संविधान र ऐन कानुनले सुनलाई सम्पति र देवानी संहिता २०७४ ले नगद सरहको मान्यता दिएको छ ।आ व २०८२ बाट सुनका गरगहना बिक्री गर्दा २ प्रतिशत बिलासिता कर र बहुमुल्य रत्नमा १३ प्रतिशत भ्याट लगाई लागू गरेकाे अबस्थामा ब्यवसायीहरु बिस्थापित हुने र कालिगड पलायन हुने निश्चित भएको हुदा बिलासिता कर र भ्याट हटाउन बैठकबाट जाेडदार माग सहित परीत गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आफैंमा गतिशील भए पनि प्रदेश महासंघलाई ब्यवस्थित गर्न र अधिकार सम्पन्न गराउन केही ढिलाइ र संकुचनमा देखिएको छ । सातै प्रदेशबाट देशव्यापी व्यवसायीका नजिक पुगेर काम गर्न सकिने हुँदा प्रदेश महासंघलाई शशक्त पार्नुपर्छ ।राज्यले दिएको सेवा सुविधा प्रदेश मार्फत गर्नुपर्छ।सरकारले बैक मार्फत दिने सुनलाई सातै प्रदेशबाट जिल्ला नगर पालिका सम्म पुर्याई दुर दुराजका ब्यवसायी समक्ष पुर्याउन सहज हुने कुराको चर्चा गर्दै, अबका दिनमा त्यसैगरी कार्य गर्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई आग्रह गर्ने बताईएको छ । प्रदेश अन्तरगत एसाेसियट सदस्यता बितरण गर्ने, बस्तुगत सदस्यता र जिल्ला नगर संघहरु प्रदेशमा दर्ता गर्ने नयाँ सदस्यता प्रदेशले महासंघलाई सिफारिस गर्ने यसबाट प्रदेशका कृयाकलाप गर्न महासंघलाई आर्थिक भार कम हुने र प्रदेश महासंघ बलियो हुने निस्कर्स पनि बैठकबाट निकालिएको थियो। यी सबै कार्यका लागि महासंघले सहजिकरण र परिपत्र गर्दिनुहुन पनि अनुरोध गरिएको छ।
प्रदेश महासंघको बैठकमा काेशी प्रदेबाट रमेश रसाइली ,मधेस प्रदेशबाट रामजि साह,बाग्मति प्रदेशबाट ज्याेतिरत्न बज्राचार्य ,गण्डकी प्रदेशबाट चन्द्र किशोर गौतम,लुम्बिनी प्रदेशबाट ध्रुव कुमार गहतराज,कर्णाली प्रदेशबाट जनक सुनार,सुदुरपश्चिम प्रदेशबाट सन्ताेष लामिछाने लगायतको सहभागिता रहेको थियो । आतिथ्यता जिल्ला संघबाट केन्द्रीय महासंघमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय राजेन्द्र सुनार र भिमसिंह बिश्वकर्माले भाग लिएका थिए ।कार्यक्रममा सहभागीलाई स्वागत गर्दै राजेन्द्र सुनारले प्रदेश महासंघको याे बैठकले केन्द्रीय महासंघलाई शशक्त गति दिनुका साथै आम ब्यवसायीका समस्या निर्वादरुपमा समाधान हुने कुरामा बिस्वस्त रहेको बताए । काेशी प्रदेशका सचिव कुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए भने बैठकका सभापति ध्रुव कुमार गहतराजले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै, बैठकले महासंघमा थातिरहेका सबै कार्यक्रम र कामअगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । “ब्यवसायीका तमाम समस्या समाधान गर्न केन्द्रीय महासंघ संग मिलेर राज्यको ढाेकामा पुगेर काम गर्ने छ” उनले भने ‘यदि राज्य पक्षबाट ब्यवसायिका हितमा तत सम्बन्धि काम नभएमा व्यवसायीहरुलाई सडकमा उतारेर जाने छ भन्दै राज्यलाई बैठकबाटै खबरदारी गरेका थिए। सभापति गहतराजले अन्तमा प्रत्यक्ष – अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद सहित आभार प्रकट गरेका थिए।












