लायन्स शुक्लागण्डकी टाउनद्वारा शुभकामना आदानप्रदान

  • ख-
  • ख+

दुलेगौंडाः लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुक्लागण्डकी ५ का वडाध्यक्ष एवं क्लबका पूर्व अध्यक्ष दीर्घबहादुर थापाको प्रमुख आतिथ्यमा क्लबले कार्यक्रम गरेको हो । उनले क्लबले गरेका सामाजिक क्रियाकलापका कारण समाजमा सकारात्मक प्रभाव परेको भन्दै निरन्तर लाग्न शुभकामना दिए ।


कार्यक्रममा संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एड्भाईजर दुर्गाकुमार श्रेष्ठ, पूर्व अध्यक्ष एवं जोन चियरपर्सन प्रदीप थापा, निवर्तमान अध्यक्ष एवं डिष्ट्रिक्ट चियरपर्शन लालबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।


क्लबका अध्यक्ष सुजनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विष्णु बहादुर राना, द्वितिय उपाध्यक्ष क्षेत्रबहादुर थापा, सूर्यकुमार श्रेष्ठ लगायतले क्लबका गतिविधिबारे बोल्दै शुभकामना आदानप्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी