दमौलीः सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र न्यौपानेको निधन भएको छ । केही समययता बिरामी भएर थला परेका न्यौपानेको आफ्नै निवासमा आइतबार निधन भएको हो ।
अधिवक्ता समेत रहेका न्यौपाने नेतृत्वमा रहँदा दमौलीको सामुदायिक विद्यालय सत्यवती मावि अहिलेको सुधारिएको रुपमा पुगेको थियो । स्वर्गीय टंकनाथ पराजुली प्रधानाध्यापक र न्यौपाने अध्यक्ष रहँदा विद्यालयको भौतिक विकास र शैक्षिक पूर्वाधार विकासले गति लिएको बताइन्छ ।
उपभोक्ता अधिकारका क्षेत्रमा समेत क्रियाशिल न्यौपाने नेपाली कांग्रेसमा आबद्ध भएर लोकतान्त्रिक आन्दोलनहरुमा समेत संलग्न थिए । उनको निधनमा राजनीतिक नेतृत्व तथा दमौलीको सामाजिक क्षेत्रले श्रद्धाञ्जली प्रकट गरेको छ ।












