दमौलीमा लाग्योः ‘राजा आउ’को नारा (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः दमौलीमा राजतन्त्र समर्थकले ¥याली गरेका छन् । देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा भेला तथा सभा गर्दै आएका सन्तोष राजावादी नेतृत्वको समूहले पृथ्वी राजमार्ग, दमौली तथा डुम्रे क्षेत्रमा राजतन्त्रको पक्ष र गणतन्त्रको विरोधमा नाराबाजी गरेको छ ।


झण्डै ५० वटा मोटरसाईकलमा आएका युवाहरुले अगाडि पूर्वराजा ज्ञानेन्द्र तथा पछाडि पृथ्वीनारायण शाहको फोटो अंकित टिसर्ट लगाएका थिए । उनीहरुले ‘गणतन्त्र धोका हो’, ‘राजा आउ देश बचाउ’, ‘राजतन्त्र जिन्दाबाद’ लगायतका नारा लगाउँदै बजार र राजमार्ग क्षेत्र परिक्रमा गरेका थिए ।

दमौलीमा राजतन्त्रको पक्षमा गरिएको ¥यालीमा सहभागी युवा ।


देशमा गणतन्त्रले भ्रष्टाचार र कुशासन ल्याएको भन्दै सन्तोषले राजतन्त्र नै देशमा आवश्य कभएकाले देशव्यापी रुपमा कार्यक्रम गर्दै माहोल तयार पारिरहेको दाबी गरे । उनीहरुले प्रहरीकै उपस्थितिमा नाराबाजी गरे पनि कुनै अवरोध भने भएन । ¥यालीमा राप्रपा व्यास नगर अध्यक्ष आईत घलेलगायत पनि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी