सहकार्य गर्न चाहने दलहरूलाई सभापती रवि लामिछानेले गरे आफ्नो धारणा सार्वजनिक

दमौली न्युज
  • ख-
  • ख+

सहकार्य गर्न चाहने दलहरूलाई सभापती रवि लामिछानेले गरे आफ्नो धारणा सार्वजनिक

दमौली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले सहकार्य गर्न चाहेका पार्टीहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि पहिलोपटक चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले भने, ‘मिल्न चाहने सबैलाई भन्छु जे चाहिन्छ दिन्छु, पार्टी चाहिन्छ दिन्छु, चुनाव चिह्न दिन्छु, अध्यक्ष चाहिन्छ दिन्छ, उपाध्यक्ष चाहिन्छ दिन्छु तर देश बन्नुपर्छ ।’

‘एकता एउटा चुनावका लागि मात्रै होइन, सधैँका लागि हुनुपर्छ । यो चुनावका लागि मात्रै एकता गर्ने हो भने आई एम सरी ।’ सभापती लामिछानेले भने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्