शुक्लागण्डकीमा युवाले चलाएको फुड बैंकले दियो ४८ लाई खाद्यान्न

  • ख-
  • ख+

दुलेगौंडाः कोरोना संकटका कारण खानाको अभाव भोगेका शुक्लागण्डकीका ४८ परिवारलाई त्यहाँका युवाले खाद्यान्न सहयोग गरेका छन् ।

शुक्लागण्डकी युनेस्को केन्द्र र शिलादेवी युवा क्लबको संयुक्त सक्रियतामा स्थापित फुड बैकले दोश्रो चरणमा शुक्लागण्डकी ४ र ८ को पुल्चोकका परिवारलाई सहयोग गरेको हो ।


क्लबमा आवद्ध युवाले खर्च कटाएर तथा सुभेच्छुकको सहयोगबाट सहयोग वितरण गरेका हुन् । संविधान सभा सदस्य हसिना बेगमको उपस्थितिमा सहयोग वितरण गरिएको शुक्लागण्डकी युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी