बलेरोको ठक्करबाट व्यवसायी पन्त घाइते

  • ख-
  • ख+

दमौलीः बलेरोको ठक्करबाट व्यास ४ दमौलीका औषधी व्यवसायी किशोर पन्त घाइते भएका छन् ।
बुधबार विहान व्यास नगरपालिका४ मादीपुलमा पोखराबाट चितवनतर्फ गैरहेको ग३ च १६० न को बलेरो जीपले ठक्कर दिंदा उनी घाइते भएका हुन् ।

उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।


हाल उनको पोखराको फिस्टेल अस्पताल उपचार भैरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको पारिवारिक श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्