दमौली : सामाजिक युवा अभियान्ता महम्मद गफार(सुदिप)द्वारा तनहुँको म्याग्दे गाउँपालिका-१ मान्द्रे निवासी ३ वर्षीया सन्जु तामाङलाई कक्षा १० सम्म पढाउने भएका छन् । उनको आमाको निधन भइसकेको र बुबा र हजुरआमाको आर्थिक अवस्था कमजोर भएका कारणले गफ्फारले कक्षा १० सम्मको सबै खर्च बेहोर्ने जनाएका हुन्।
सन्जु कक्षा ५ सम्म स्थानीय विद्यालयमै पढ्ने छिन्। त्यस पछि उनले रोजेको विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइने छ। गफ्फारका अनुसार बालिकाका बुबा र हजुरआमा अब वृद्ध अवस्थामा पुगेका छन्।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको कक्षा- १०सम्म अध्ययनका लागि लाग्ने सबै खर्चको व्यवस्था आफूले गर्ने प्रतिबद्धता जनाएका छन्।










