गण्डकीका मन्त्रीहरुको दशैं भत्ता कोभिड कोषमा

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मन्त्रीहरुले आफ्नो दशैं भत्ता कोभिड १९ को उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

बुधबार विहान पोखरामा बसेको बैठकले दशैं खर्च भनेर आएको भत्ता मुख्यमन्त्री तथा प्रदेशका मन्त्रीहरुले कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘विगतमा पनि एक महिनाको तलब हामीले कोषमा जम्मा गरेका थियौं,’ उनले भने,‘आज पनि दशैं खर्च भनेर आएको भत्ता मुख्यमन्त्रीसहित सबै मन्त्रीले जम्मा गर्ने निर्णय गरेका छौं ।’


प्रदेश सरकारले कोरोना संक्रमितको उपचार पूर्ववत रुपमा नै हुने पनि प्रष्ट पारेको छ ।
सामाजिक सञ्जालमा आएका कुराहरुमा विश्वास नगर्न भन्दै मन्त्री बस्नेतले कोभिड संक्रमितका उपचार र व्यवस्थापनका सन्दर्भमा विगतमा गरेको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।


उनले दशैं मनाउँदा सामाजिक दूरी कायम गर्न तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध पनि गरे । ‘कोभिड १९ को संकटबाट बच्न र बचाउन सामाजिक दूरी पालना गरेर दशैं मनाउन अनुरोध गर्दछौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्