दमौली : कार्तिक २१ गते देखि प्रर्दशनमा आएको चलचित्र’मनबिनाको धन’ हेर्न दर्शकहरुको भिड लागेको छ । वास्तविक जीवनको कथा वस्तुमा आधारित यो फिल्मले दर्शकको मन असोक दर्जीले जित्लान् त ? धेरै को जिज्ञासुको विषय बनेको छ। बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त मात्र गरेको छैन उनको अभिनयले दर्शकहरुको आँखा समेत रसाई रहेको छ।
सडकमा भौतारि रहेका अशोक दर्जी सडकको भिडमा हराइरहेका ति अशोक दर्जीको टंक बुढाथोकीले बालस्वरमा जव उनीमा सम्भावनाको संगीत सुने त्यस पछि सुरु भयो नयाँ अध्याय टंकले अशोकलाई काठमाडौं ल्याए, गीत रेकर्ड गराए अनि जन्मियो एउटा अमर गीत ‘मनबिनाको धन ठूलो कि धन बिनाको मन ’ यो गितले चर्चा बटुलेका वालगायक अशोक दर्जीलाई नचिन्ने सायद कम नै होलान , यो क्रेडिट टंक बुढाथोकी लाई नै जान्छ ।
अहिके टंक बुढाथोकिले बनाएको फिल्म “मन विनाको धन” फिल्म देश भरी प्रदर्शन भइरहेको छ, अशोक दर्जिको मुख्य भुमिकामा रहेको उक्त फिल्मले सबैको माया बटुल्न सफल भएको छ । अशोक दर्जी एक बिपन्न तथा दलित समुदायका ब्यक्ति हुन , उनी जस्ता कयौं ब्यक्ति हाम्रो नेपाली समुदायमा जातको आधारमा अझै पनि घृणाको पात्र वन्ने गरेको पाईन्छ , हामी सम्पुर्ण नेपालीहरुले यस्तो कुसंस्कार अन्त्य गर्नु पर्छ । सबैले उनको फिल्मलाई माया गरि दिनु पर्छ । सबैले एक चोटि अशोकको फिल्म “मन बिनको धन” हेरेर उनलाई थप हौसला दिनु जरुरी छ ।
“मन बिनाको धन” आज सातौं दिन सम्म पनि देशभर हाउसफुल छ । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको यस फिल्मको कथा बुढाथोकी कै हो भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण भएको यो फिल्म टंक बुढाथोकीको डेब्यु निर्देशन पहिलो फिल्म हो। अशोक दर्जी कै कथा वरपर रहेर निर्माण गरिएको यो फिल्मको निर्माता विष्णुमाया मैनाली रहेकी छन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी हुन्।
फिल्ममा टंक बुढाथोकीको संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीको वितरण रहेको छ ।










