
दमौली : “म बदलिए, मेरो देश बदलिने छ” भन्ने मुल नारा सहित प्रदेश अस्पतालमा १७ प्रिन्ट रगत संकलन भएको छ । दमौलीमा अस्पतालमा रगतको आवश्यक्ता भए सँगै रक्तदान कार्यक्रम सञ्चालन गरि १७ प्रिन्ट रगत संकलन गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी र युवा सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप) को नेतृत्वमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका–३ का वडा अध्यक्ष अनुप राना रहेका थिए। उनले रक्तदान जस्ता मानवीय कार्यहरूले समाजमा एकताको भावना जगाउने र युवालाई सामाजिक जिम्मेवारी तर्फ उन्मुख गराउने बताएका छन् ।
अस्पतालमा १७ प्रिन्ट रगत संकलन भए सँगै अरु दाताहरुलाई आकस्मिक दाता रहने बेहोरा जानकारी गराउँदै अभियान्ता गफ्फारले रक्तदान कार्यक्रममा सहभागी हुने सम्पुर्णमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नियमित रक्तदानले ज्यान बचाउन मद्दत पु¥याउने र समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए ।