जिसस प्रमुख वाग्ले र ऋषिङ अध्यक्ष श्रेष्ठद्वारा दशैं भत्ता फिर्ताको घोषणा

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।

आफूहरुको आग्रहपछि दुवैले दशैं खर्च फिर्ता गर्ने निर्णय लिएको स्कूल अफ डेमोक्रेसीले बताएको छ । संस्थाका अध्यक्ष डम्बर अधिकारीले आफूहरुको आग्रह स्विकार गर्दै दशैं भत्ता नलिने घोषणा गरेको भन्दै समन्वय प्रमुख वाग्ले तथा ऋषिङका अध्यक्ष श्रेष्ठलाई धन्यवाद गरे छ ।


आफूहरुले गरे पछि अरुका लागि पनि चाप परोस् भनेर यस्तो निर्णय गरेको समन्वय प्रमुख वाग्लेले बताए । ‘यसले अरुका लागि पनि सकारात्मक सन्देश जान्छ भनेर हामीले फिर्ता गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

अध्यक्ष राजेन्द्र श्रेष्ठले दशै भत्ता वापतको रकम गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् ।


नेपाली कांग्रेसले पनि यसबारेमा चाँडै निर्णय गरेर पार्टीका सबै जनप्रतिनिधिले रकम फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी